२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

चन्दको आत्मकथा आउँदै

Nada
२०८१ फागुन ३ गते २१:५५
Shares
चन्दको आत्मकथा आउँदै

भक्तपुर : पूर्वप्रधानमन्त्री एवं साहित्यकार लोकेन्द्रबहादुर चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ प्रकाशित हुने भएको छ । 

ncell

भक्तपुरको लोकन्थलीस्थित उनको निवासमा आयोजना गरिएको पुस्तकको आवरण सार्वजनिक कार्यक्रममा आत्मकथा प्रकाशनको घोषणा गर्दै उनले पुस्तकको आवरण सार्वजनिक गरेका हुन् ।

शनिबारदेखि ८५ वर्ष पूरा गरी ८६ वर्ष प्रवेशको अवसर पारेर मदन पुरस्कार विजेतासमेत रहेका चन्दको जीवन भोगाइमा आधारित आत्मकथा लेखन कुञ्जले प्रकाशित गर्ने उनले बताए ।

चन्दले आफ्नो जन्मथलो पश्चिम पहाडको बैतडी रहेको जनाउँदै बालापनदेखि जीवनमा आएका उतारचढाव, घटनाक्रम, शिक्षा, राजनीतिक यात्रा, चार पटक प्रधानमन्त्री हुँदाको यात्रा, साहित्यिक यात्रा, देशको विषम परिस्थितिमा आएका चुनौतीको व्यवस्थापनलगायत विषय पुस्तकमा समेटिने उल्लेख गरे । उनले आमपाठकलाई आफ्नो जिन्दगीले दिने सन्देश सकारात्मक हुने बताए ।

लेखन कुञ्जका अध्यक्ष कमल ढकालले चन्दको आत्मकथा ‘लोकेन्द्रबहादुर चन्द’ पुस्तक आगामी जेठभित्र प्रकाशन सम्पन्न गर्ने जानकारी दिए ।

उनले पुस्तकमा बैतडीको पहाडी क्षेत्रबाट जीवन सुरु गरेर चारपटक मुलुकको प्रधानमन्त्री बन्न सफल भएका चन्दको जीवन यात्रासँगै उनको राजनीतिक जीवन, साहित्यिक यात्रा र मदन पुरस्कार प्राप्तिसम्मको यात्रा समेटिने बताए । 

सम्बन्धित खबर