२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे राष्ट्रपति पौडेल

draupadi film
मध्यान्ह
२०८१ फागुन ४ गते ११:२८
अर्थमन्त्री पौडेल र मेयर आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगे राष्ट्रपति पौडेल

काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

कीर्तिपुर बर्न अस्पतालमा पुगेर आइतबार उनले घाइतेद्वय पौडेल र आचार्यको अवस्थाबारे जानकारी लिएका हुन् ।

मन्त्री पौडेल र मेयर आचार्यको शनिबार पोखरामा भ्रमण वर्ष घोषणा कार्यक्रममा हाइड्रोजन ग्यास भरिएका बेलुन उडाउने क्रममा स्पार्क मेसिनबाट निस्किएका झिल्काहरूसँग सम्पर्क हुन गई दुर्घटना हुन पुगेको थियो । बेलुन फुट्दा आगोको झिल्काले उनीहरुको हात र अनुहारमा जलन भएको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise