२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला

himalayanlife
२०८१ फागुन ४ गते १२:११
Shares
नेपाल प्रहरीका सई झुण्डिएको अवस्थामा मृत फेला

काठमाडौँ : झापामा नेपाल प्रहरीका एक जना प्रहरी नायब निरीक्षक (सई) मृत भेटिएका छन् ।

मृत फेला पर्नेमा भोजपुर टेम्केमैयुङ गाउँपालिका घर भइ हाल जिल्ला मोरङ कानेपोखरी गाउँपालिका-७ बस्दै आएका ४९ वर्षीय सई धनराज खतिवडा रहेको झापा प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान ब्यारेकको माथिल्लो तल्लामा रहेको पानीको टंकीमा जाने फलामको भर्‍याङमा खतिवडा झुण्डिएको अवस्थामा फेला परेका थिए । उक्त घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर