एजेन्सी : भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या १६ लाख नाघेको छ । पछिल्लो २४ घण्टाको अवधिमा ५४ हजार ९ सय ६६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या १६ लाख ३९ हजार ३ सय ५० पुगेको हो ।
भारतमा एकैदिन ७ सय ८३ जनाको मृत्यु भएको छ । योसँगै कोरोनाका कारण भारतमा मृत्यु हुनेको संख्या ३५ हजार ७ सय ८६ पुगेको छ । कोरोना संक्रमितको संख्या धेरै हुनेमा भारत विश्वकै तेस्रो स्थानमा रहेको छ । संक्रमितमध्ये १० लाख ५९ हजार ९३ जना निको भएर घर फर्केका छन् ।
त्यस्तै सबैभन्दा बढी प्रभावित अमेरिकामा हालसम्म ४६ लाख ३४ हजार ४ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक लाख ५५ हजार ७१ जनाको मृत्यु भएको छ । ब्राजिलमा कोरोना संक्रमित २६ लाख १३ हजार ७८९ जना पुगेका छन् भने ९१ हजार ३ सय ७७ जनाको मृत्यु भएको छ ।
विश्वमा २४ घण्टामा २ लाख ७७ हजार बढीमा कोरोना संक्रमण देखिएको छ । एकैदिन ६ हजार २ सय १४ जनाको मृत्यु भएको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या एक करोड ७४ लाख ५३ हजार ५२ पुगेको छ । हालसम्म संक्रमितमध्ये ६ लाख ७५ हजार ५ सय ४७ जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये एक करोड नौ लाख २१ हजार ६ सय २७ जना उपचारपछि निको भएका छन् ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies