२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

शंखरापुर बस दुर्घटना : थप एक विद्यार्थीको मृत्यु

draupadi film
मध्यान्ह
२०८१ फागुन ४ गते १३:५४
शंखरापुर बस दुर्घटना : थप एक विद्यार्थीको मृत्यु

काठमाडौंः काठमाडौंको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित सडकमा बा २ ख ७९५८ नम्बरको विद्यार्थी बोकेको बस दुर्घटना हुँदा घाइते भएका थप एक जना  विद्यार्थीको मृत्यु भएको छ । । मृत्यु हुनेमा १० वर्षीय विद्यार्थी सनसाइन तामाङ रहेका छन् ।

उनको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । योसँगै उक्त बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ ।

दुर्घटनामा मोरङको उर्लाबारी नगरपालिका–७ घर भएका ११ वर्षीय क्रिस्चल पुरी, सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–७ बस्ने २३ वर्षीय सुरेश तामाङ र काठमाडौं बौद्ध बस्ने सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका–३ घर भएका १४ वर्षीय शुसांक डोटेलको मृत्यु भइसकेको छ ।

३० माघमा चाबहिलको एसएस एकेडमीका विद्यार्थी नगरकोट पिकनिक गएका थिए । पिकनिक गएर फर्कने क्रममा बस सडकबाट २० फिट तल खसेको थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise