काठमाडौं : नेपाली बजारमा सुनको मूल्य प्रति तोला एक लाख नजिक पुगेको छ । आज छापावाल सुन प्रति तोला तीन सय रुपैयाँले बढेर ९९ हजार तीन सयमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ ।
यसैगरी तेजाबी सुन पनि महँगिएर प्रतितोला ९८ हजार ८ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढको थियो । चाँदीको मूल्य भने प्रति तोला २५ रुपैयाले घटेर १२ सयमा कारोवार भएको छ ।
साउन पाँच गतेदेखि सुनको मुल्य निरन्तर उकालो लागेको छ । कोरोनाका कारण अर्थतन्त्र प्रभावित भएका कारण लगानीकर्ता सुनमा आकर्षित हुँदा सुनको मूल्य बढ्दै गएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies