२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन

Nada
२०८१ फागुन ४ गते १४:३३
Shares
बेलुन विष्फोट घटना छानबिन गर्न समिति गठन

काठमाडौंः पोखरा भ्रमण वर्ष २०२५ को उद्घाटनको क्रममा बेलुन विष्फोट भइ अर्थमन्त्री विष्णु पौडेल र पोखरा महानगरका मेयर धनराज आचार्य घाइते भएको घटना छानबिन गर्न समिति गठन भएको छ । आइतबार कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको संयोजकत्वमा गृहमन्त्री रमेश लेखकले मन्त्रीस्तरको निर्णयबाट आठ सदस्यीय छानविन समिति गठन गरेका हुन् ।

ncell

समितिमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई, कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामबाबु ओलिया, सशस्त्र प्रहरीका २४ नम्बर गण हेटक्वाटरका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुर्यप्रसाद तिमिल्सिना, राष्ट्रिय अनुसन्धा जिल्ला काार्यालयका उपअनुसन्धान निर्देशक सुरेश कुमार तिवारी सदस्य रहेका छन् ।

समितिको सदस्य सचिव कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री रहेका छन् भने एक जना विष्पोटक पदार्थ विज्ञ समेत समितिमा रहने छन् । समितिले आजबाटै काम थाल्ने गृहमन्त्री लेखकको सचिवालयले जनाएको छ  । 

भ्रमण वर्ष उद्घाटन गर्दा पटका पड्काउने क्रममा एक्कासी बेलुनमा समेत आगो लागेर अर्थमन्त्री पौडेल र मेयर आचार्यको गालामा चोट लागेको थियो । उनीहरूको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । 

सम्बन्धित खबर