२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

draupadi film
मध्यान्ह
२०८१ फागुन ४ गते २०:३५
भारतको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

काठमाडौं : उदयपुरमा उच्च प्रभाव सामुदायिक विकास परियोजनाको उद्घाटन गरिएको छ । ‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा ३.७९९ करोड रुपैयाँको लागतमा निर्मित जनता बेलका माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको हो । 

प्रतिनिधि सभा सदस्य डा. नारायण खड्का, काठमाडौंस्थित भारतीय राजदूतावासका नियोग उप–प्रमुख प्रसन्न श्रीवास्तव र उदयपुरस्थित बेलका नगरपालिकाका मेयर अशोक कार्कीले संयुक्त रूपमा विद्यालय भवनको उद्घाटन गरे । 

‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गतको भारत सरकारको अनुदान विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिएको थियो । 

यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको थियो र उदयपुरको बेलका नगरपालिका मार्फत कार्यान्वयन गरिएको थियो ।

जनता बेलका माध्यमिक विद्यालय बेलका नगरपालिकाको पुरन्दहमा रहेको एक मात्र माध्यमिक विद्यालय हो । यो सन् १९६२ मा प्राथमिक विद्यालयका रूपमा स्थापित भएको थियो र पछि सन् १९७६ मा निम्न माध्यमिक विद्यालयको रूपमा स्तरोन्नति गरिएको थियो । सन् २००८ मा यसलाई उच्च माध्यमिक विद्यालयमा थप स्तरोन्नति गरिएको थियो । 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise