२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु

draupadi film
मध्यान्ह
२०८१ फागुन ५ गते १३:५८
कुम्भ मेलाबाट फर्किंदै गरेको गाडी दुर्घटना, रुपन्देहीका ३ जनाको मृत्यु

काठमाडौँ : रुपन्देहीको देवदहबाट भारतको कुम्भमेला स्नान गर्न गएका तिर्थालु सवार गाडी दुर्घटना हुँदा ३  जनाको मृत्यु भएको छ । दुर्घटनामा ५ जना घाइते भएका छन् ।

तिर्थालु सवार गाडी दुर्घटनामा देवदह नगरपालिका वडा नं ९ निवासी ४५ वर्षीय गणेश खनाल, उनकी श्रीमती ३५ वर्षीया दिपा खनाल र ४० वर्षिया गंगा शर्मा रहेका छन् ।

दुर्घटनामा घाइते हुनेहरूमा देवदह–९ भलुहीकी कोपिला पोखरेल, उनका छोरा सुभम पोखरेल, आविष्कार पराजुली, यमकलादेवी मगर र सवारी चालक भारतीय नागरिक रितेश दुबे रहेका छन् । 

कुम्भमेलाबाट फर्किँदै गर्दा भारत उत्तर प्रदेशको आजमगढ बाराणसी रोडको डिभाइडरमा ठोक्किएर गाडी दुर्घटना भएको हो । युपी ५३ एफ डी ४२८८ नम्बरको भारतीय गाडी डिभाडरमा ठोक्किएर अनियन्त्रित भै दुर्घटना भएको बताइएको छ ।  

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise