काठमाडौंः भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयले नेपाली विद्यार्थीमाथि गरेको ज्यादतीविरुद्ध प्रदर्शन गरिएको छ । लैनचौरस्थित भारतीय दूतावास अगाडि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियनले प्रदर्शन थालेको हो ।
कलेजको होस्टलमा बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा फेला परेकी थिइन् । सोही घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै विद्यार्थीहरुले प्रदर्शन गरेका गरेका थिए । प्रदर्शन गरेकोमा आपत्ति जनाउँदै कलेज प्रशासनले नेपाली विद्यार्थीलाई कलेजबाट निकालेको थियो । सोही विषयलाई लिएर यूनियनले प्रदर्शन गरेको हो ।
तस्बिरहरुः