२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

सौर्य एयरलाइन्स दुर्घटना सम्बन्धमा छानबिन उपसमिति गठन

draupadi film
मध्यान्ह
२०८१ फागुन ५ गते १७:५८
सौर्य एयरलाइन्स दुर्घटना सम्बन्धमा छानबिन उपसमिति गठन

काठमाडौं : सौर्य एयरलाइन्स दुर्घटनाका विषयमा छानबिन गर्न संसद्ले उपसमिति गठन गरेको छ ।

संसद्को राज्यव्यवस्था र सुशासन समितिले दुर्घटनाका विषयमा परेको निवेदन उपर छानबिन गर्न सांसद राजेन्द्रप्रसाद पाण्डेको संयोजकत्वमा उपसमिति गठन गरेको हो ।

आइतबार गठित उपसमितिका सांसद सदस्यहरूमा सरिता प्रसाईँ, चन्दा कार्की, दुर्गा राई र मेनका कुमारी पोखरेल छन् ।

उपसमितिलाई घटनाका सम्बन्धमा परेको उजुरीको छानबिन गरी कारबाहीको सिफारिस गर्ने अधिकार प्रदान गरिएको सभापति रामहरि खतिवडाले जानकारी गराए । 

घटनाका सम्बन्धमा सौर्य जहाज दुर्घटनामा छोरी, ज्वाइँ र नाति गुमाएका सप्तरीका पत्रकार प्रकाश खतिवडाले समितिमा दुई महिना अघि नै उजुरी गरे पनि बल्ल उपसमिति बनेको हो । 

उजुरीमा खतिवडाले सौर्य जहाज घटना दुर्घटना नभई गम्भीर अपराध भएको आरोप लगाएका छन् । उजुरीमा सौर्य एयरलाइन्सको व्यवस्थापन पक्षले १२ वर्षदेखि ऊर्जा मन्त्रालयमा कार्यरत छोरी प्रिजा खतिवडा र ४ वर्षे नाति अधिराज शर्मालाई फर्जी कागजात तयार गरी एयरलाइन्सको कर्मचारी बनाएर गैरकानूनी हर्कत गरेको दाबी गरिएको छ ।

दुर्घटना भएको जहाजको उडान नै गैर कानुनी रहेको, गैर व्यावसायिक ५ जनामात्र बोक्न पाउने ‘फेरी’ उडानमा १८ जना बोकेर उनीहरूको ज्यान लिएको, सरकारी जाँच आयोग विधि मिचेर बनाइएको, आयोगले एयरलाइन्सको आर्थिक चलखेलमा नियोजित प्रतिवेदन तयार पारी घटनाका दोषीलाई उन्मुक्ति दिने प्रपञ्च रचेको आरोप लगाइएको छ ।

सौर्य एयरलाइन्सको जहाज गत साउन ९ गते त्रिभुवन अन्ताराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटनामा १८ जनाको मृत्यु भएको थियो । दुर्घटनामा पाइलट मनिष शाक्य भने बाँच्न सफल भएका थिए ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise