२०८१ फागुन ८ गते बिहिवार / Feb 20 , 2025 , Thursday
२०८१ फागुन ८ गते बिहिवार
Ads

व्यक्तित्व विकास, स्वास्थ्य र सकारात्मक जीवन शैलीका लागि योग र साधना कार्यक्रमको तयारी पूरा

hardik ivf
मध्यान्ह
२०८१ फागुन ५ गते १९:०४
व्यक्तित्व विकास, स्वास्थ्य र सकारात्मक जीवन शैलीका लागि योग र साधना कार्यक्रमको तयारी पूरा

दोहा कतार : डा. योगी विकासानन्द तथा माता कम्लेस्वरीको समुपस्थितमा सम्पन्न हुने व्यक्तित्व विकास, स्वास्थ्य र सकारात्मक जीवन शैलीका लागि योग र साधना कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ । 'संसारलाई बदल्नु छ, सुरु आफैंबाट गर्नु छ' भन्ने मूल नारा आत्मसात गर्दै विकासानन्द फाउन्डेसन विश्व परिवार कतारले जीवनयोग प्रयोगशाला कतारसँगको सहकार्यमा आयोजना गर्ने कार्यक्रमको तयारीलाई अन्तिम चरणमा पुर्‍याएको जानकारी दिएको छ ।

फेब्रुअरी २१ तारिकमा दोहास्थित प्लाजा इन होटेलमा हुने कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ । कार्यक्रममा विकासनन्दद्वारा ज्ञान योग, योग, ध्यान, साधनाका साथै आध्यात्मिक प्रवचन हुने फाउन्डेसनका कतारकी संयोजक उर्मिला खत्रीले बताइन् । उनले प्रवासमा रहेका श्रमिकहरूमा बढ्दो तनाव, मानसिक समस्या तथा विभिन्न समस्याबाट मुक्तिका लागि साधना कार्यक्रम महत्त्वपूर्ण भएकाले धेरैभन्दा धेरै सहभागी हुने विश्वास व्यक्त गरिन् । साथै उनले विकासनन्दको आत्म जागरण प्रवचनले आत्म शक्ति बढ्ने पनि उल्लेख गरिन् ।

४३ वर्षदेखि काठमाडौंमा मनोक्रान्ति अभियान चलाइरहेका डा. विकासानन्द विगत केही वर्षदेखि पोखरा २३ बराङलाई मुख्य केन्द्र बनाइ क्रियाशील छन् ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise