२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

मधुवनमा बालिका सम्मेलन, बालिकाहरुले उपप्रमुखलाई बुझाए ९ बुँदे ज्ञापन पत्र

himalayanlife
सन्तोष पौडेल
२०८१ फागुन ५ गते २०:३४
Shares
मधुवनमा बालिका सम्मेलन, बालिकाहरुले उपप्रमुखलाई बुझाए ९ बुँदे ज्ञापन पत्र

‎बर्दिया : ‎‎बर्दिया मधुवन नगरपालिकामा बालिका सम्मेलन २०८१ सम्पन्न भएको छ । ‎स्थानीय तहको योजना निर्माण प्रक्रियामा बालिकाहरूको सहभागिता र सवालको विषयमा केन्द्रित रहेर सम्मेलनको आयोजना गरिएको हो । ‎

कार्यक्रम संयोजक गोविन्द लामिछानेले सम्मेलनबाट बालिकाहरु स्थानीय तहको योजना प्रकृयाका सात चरणबारे जानकार भइ बस्ती तथा टोलस्तरमा किशोरीहरुको संरक्षण, शिक्षा र स्वास्थ्यमा पहँुच पुग्ने तथा समुदाय स्तरमा रहेका नकारात्मक अभ्यासहरुको सचेतनामुलक कार्यक्रमहरु योजना बनाइ बस्ती स्तरबाटै किशोरी लक्षित सवाल र कार्यक्रम पेश गर्न सक्षम हुने अपेक्षा राखिएको बताए ।

‎सम्मेलनमा विवाहको उमेर २० वर्षनै कायम राख्नुपर्ने, बालविवाह अन्त्यका लागि किशोरी क्लबको अगुवाइमा समुदायमा सचेतना अभियान सञ्चालन गरिने, बालिका तथा किशोरीको समग्र विकासका लागि स्थानीय तहलाई बजेट विनियोजन गर्न दबाब दिने, किशोरी क्लबले नियमित रूपमा यौन तथा प्रजनन् स्वास्थ्य अधिकारका बारेमा सडक नाटक, र्‍याली र अन्तरक्रियामार्फत सचेतना फैलाउने, हरेक वर्ष बाल भेला, किशोरी भेला गरेर योजना तयार पारी स्थानीय सरकारलाई बुझाउने लगायत ६ बुँदे संकल्प प्रस्तावमा बालिकाहरुले हस्ताक्षर गरी पारित गरेका छन् ।‎

सम्मेलनमा सहभागी बालिकाहरुको छलफलबाट बालिकाहरुको समस्या समाधानका लागि तयार पारिएको ९ बुँदे ज्ञापन पत्र मधुवन तथा गुलरिया नगरपालिकाका उपप्रमुख अनिता चौधरी र सवित्रा गौतमलाई बुझाइएको छ । 

ज्ञापनपत्र बुझ्दै उपप्रमुखद्वयले ज्ञापनपत्रमा उल्लेखित विषयलाई सम्बोधन गरिने प्रतिबद्धता जनाएका थिए । उनीहरुले योजना बनाउँदा बालिका र किशोरीका समस्या पनि सम्बोधन गरिने बताएका थिए । 

‎‎सम्मेलनमा मधुवन तथा गुलरिया नगरपालिका र बढैयाताल गाउँपालिकाका किशोरी तथा युवा क्लवका ३५ जना बालिकाहरु सहभागि थिए ।

‎सम्मेलन प्लान इन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लब र राधाकृष्ण थारु जनसेवा केन्द्रले सञ्चालन गरेको सशक्त बालिका परियोजना अन्तर्गत आयोजना गरिएको हो । 

ताजा खबर

सम्बन्धित खबर