२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

कोशी एक्सिलेन्स अवार्ड २०८१ को तयारी पूरा

himalayanlife
२०८१ फागुन ६ गते ११:०२
Shares
कोशी एक्सिलेन्स अवार्ड २०८१ को तयारी पूरा

इटहरी : कोशी एक्सिलेन्स अवार्डको तयारी पूरा भएको छ । नयन एड्भरटाइजिङ मिडिया प्रालिद्वारा सञ्चालित डिजिटल पत्रिका प्रदेश खबरले आफ्नो स्थापनाको तीन वर्ष प्रवेश गर्न लागेको अवसर पारेर कोशी एक्सिलेन्स अवार्ड कार्यक्रमको आयोजना गर्न लागेको हो ।

फागुन ७ गते  बुधवार इटहरीको सोल्टी वेस्टेन्ड होटेलमा दिउँसो ३ बजे कार्यक्रम आयोजना गर्ने गरी तयारी पूरा भएको कम्पनीका अध्यक्ष पवन अधिकारीले जानकारी दिए । कार्यक्रममा कृषि, बैङ्किङ, कर्पोरेट, शिक्षा, स्वास्थ्य, साहित्य, पत्रकारिता, खेलकुद, पर्यटन, युवा उद्यम, सामाजिक सेवा, सूचना तथा प्रविधि र स्टार्टअपलगायत विभिन्न विधाका १३ जनालाई अवार्ड प्रदान गरिने पनि अध्यक्ष अधिकारीले जनाए ।

‘पर्यटन प्रवद्र्नसँगै यस क्षेत्रका सक्रिय भइरहेकाहरूलाई पनि यो कार्यक्रमले प्रोत्साहन मिल्नेछ,’ उनले भने, ‘कोशीका एक्सिलेन्स व्यक्तिको सम्मानार्थका लागिसमेत यो कार्यक्रम आयोजना गरिएको हो ।’

अवार्ड कार्यक्रमबाहेक विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका अन्य १२ जना व्यक्ति तथा संस्थालाई सम्मान प्रदान गरिने तयारी गरिएको उनले जनाए ।

ताजा खबर

सम्बन्धित खबर