२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

ओडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरण : कलेजका कर्मचारीहरू निलम्बित

himalayanlife
२०८१ फागुन ६ गते ११:५९
Shares
ओडिसामा नेपाली विद्यार्थी मृत्यु प्रकरण : कलेजका कर्मचारीहरू निलम्बित

काठमाडौँ : भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) कर्मचारीहरूलाई निलम्बित गरेको छ । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत्युसम्बन्धी घटनामा अमानवीय व्यवहार गरेको भन्दै उनीहरूलाई  निलम्बित गरेको हो । 

केआईआईटी कलेजले बुधबार विज्ञप्ति जारी गर्दै दुई वरिष्ठ होस्टेल अधिकारीहरू र अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयका एक वरिष्ठ प्रशासनिक अधिकारीलाई पनि पूर्ण अनुसन्धानको लागि निलम्बन गरिएको उल्लेख छ । यस्तै विद्यार्थीहरूलाई सकेसम्म चाँडो क्याम्पसमा फर्काउने वातावरण निर्माण गर्न लागि परिएको पनि उल्लेख छ । 

आइतबार उक्त कलेजमा अध्ययनरत नेपाली छात्रा लम्सालले आत्महत्या गरेकी थिइन् । सो घटनापछि कलेजमा आन्दोलन भएको थियो भने कलेज प्रशासनले अमानवीय व्यवहार गर्दै विद्यार्थीहरूलाई निकालेको थियो । 

ताजा खबर

सम्बन्धित खबर