२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

भारतमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा सरकारको कूटनीतिक अक्षमता प्रदर्शन भयो : माओवादी

draupadi film
मध्यान्ह
२०८१ फागुन ६ गते १३:४७
भारतमा नेपाली विद्यार्थीको मृत्यु प्रकरणमा सरकारको कूटनीतिक अक्षमता प्रदर्शन भयो : माओवादी

काठमाडौं : नेकपा माओवादी केन्द्रले भारतको ओडिसामा नेपाली विद्यार्थीको शंकास्पद मृत्युपछि सरकारले कूटनीतिक अक्षमता देखाएको आरोप लगाएको छ ।

मंगलबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै माओवादी केन्द्रका सांसद माधव सापकोटाले प्रकृति लम्सालको मृत्युपछि विद्यार्थीले दुःख पाउँदा पनि सरकारले कूटनीतिक सक्षमता नदेखाएको आरोप लगाएका हुन् । 

सोमबार ओडिसाको कलिगां इन्सिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु भएको थियो ।

त्यसबारे माओवादी सांसद सापकोटाले प्रतिनिधि सभाको बैठकमा भने, 'नेपाली विद्यार्थीलाई त्यहाँ अपमानजनक व्यवहार गरियो । सिंगो नेपाल र नेपालीमाथि धावा बोलियो । तर सरकारको कूटनीतिक असक्षमताको कारण त्यहाँ अहिले पनि नेपाली विद्यार्थीहरूले असुरक्षित छन् ।'

माओवादी पार्टीको तर्फबाट घटनाको भर्त्सना गरेको उनले बताए । उनले उच्चस्तरीय राजनीतिक र कूटनीतिक संवादका लागि आग्रह गरे ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise