गणेश सिंह धामी/मध्यान्ह
दार्चुला : दार्चुलाको दुँहु गाउँपालिकामा एक बृद्धा मृत फेला परेकी छन् । स्थानीय वडा नम्बर ३ ब्रह्मदेवमा ८० बर्षिया नारु देबी बम घरभन्दा करिब २५ मीटर टाढा मृत अवस्थामा फेला परेकी हुन् ।
दार्चुला प्रहरीका अनुसार बमको हत्या गरेको आशंका गरिएको छ । प्रहरीले मृतक बृद्धाका छोरा ५२ बर्षीय नरबहादुर बमंलाई नियन्त्रणमा लिइएको छ ।
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक भास्कर चन्दको नेतृत्वमा प्रहरी टोली घट्नास्थलमा खटिएको छ । मृतकको घाटीमा निलडाम देखिएको र शरीरको अन्य भागमा कुनै घाउ नदेखिएकोले घाँटी च्यापेर हत्या गरेको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख डिएसपी पदम बिष्टले मजानकारी दिए ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दार्चुला लैजाने तयारी भइरहेको प्रहरी निरीक्षक चन्दले मध्यान्ह राष्ट्रिय दैनिकलाई बताए ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies