२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुन्छ : महासचिव पोखरेल

himalayanlife
२०८१ फागुन ६ गते १४:५५
Shares
प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुन्छ : महासचिव पोखरेल

दाङ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले नेपालमा प्राविधिक शिक्षाले दक्ष जनशक्ति उत्पादन हुने बताएका छन् । 

तुलसीपुर उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको बहुप्राविधिक शिक्षालय मेट्रो कलेजमा निर्माण सुरु गरिएको सभाहलको आज शिलान्यास गर्दै उनले प्राविधिक शिक्षालयमा लगानी वृद्धि गर्नुपर्ने बताए । उनले प्राविधिक शिक्षाले मुलुकको समृद्धिमा महत्त्वपूर्ण भूमिका खेल्ने बताए। 

महासचिव पोखरेलले विकसित मुलुकहरूमा प्राविधिक शिक्षामा पहुँच र आकर्षण दिनप्रतिदिन बढिरहेको उल्लेख गर्दै नेपालमा पनि सोही अभ्यासलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले साधारण शिक्षाभन्दा प्राविधिक शिक्षाले सीप सहितको जनशक्ति उत्पादन हुने बताए ।  

उनले प्राविधिक शिक्षामा विद्यार्थी सहभागिता २२ प्रतिशतसम्म पुर्‍याउन आवश्यक रहेको बताए । महासचिव पोखरेलले नेपाललाई आत्मनिर्भर बनाउन सीपमूलक तथा प्राविधिक शिक्षालाई सशक्त बनाउनुपर्नेमा विशेष जोड दिँदै सरकारी, निजी तथा शैक्षिक क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रममा मेट्रो कलेजका निवर्तमान अध्यक्ष एवं तुलसीपुरका पूर्व नगरप्रमुख घनश्याम पाण्डेले कलेजको सुरुआत गर्दा नै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य लिइएको बताए। उनले गुरुयोजनाअनुसार विद्यार्थीका लागि प्रयोगात्मक अभ्यास गर्न सक्ने बृहत् सभाहलको निर्माण थालिएको जानकारी गराए । 

कलेज सञ्चालक समितिका अध्यक्ष एवं उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले स्थानीय तथा प्रदेश सरकारको सहकार्यमा बहुप्राविधिक शिक्षालय सञ्चालन गर्दै कानुन, वन विज्ञान, कृषिलगायत विभिन्न प्राविधिक विषयमा गुणस्तरीय शिक्षा प्रदान गरिरहेको बताए। सो कलेजमा दाङलगायत छिमेकी जिल्लाबाट विद्यार्थी अध्ययनका लागि आएका उनले जानकारी गराए ।  

ताजा खबर

सम्बन्धित खबर