२०८२ कार्तिक २१ गते शुक्रवार / Nov 07 , 2025 , Friday
२०८२ कार्तिक २१ गते शुक्रवार
Ads

नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक जना पक्राउ

shivam cement
२०८१ असार १५ गते १३:४९
Shares
नक्कली भुटानी शरणार्थी प्रकरण : थप एक जना पक्राउ

काठमाडौँ  : नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार रहेका थप एक जना पक्राउ परेका छन् । 

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले फरार रहेका बेचन झालाई शुक्रबार पक्राउ गरेको परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

यसअघि प्रहरीले झाको वतनको पूरा विवरण नखुलेको भन्दै खुलेका बखत पुन: अनुसन्धान गर्नेगरी अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।

शुक्रबार नै परिसरको टोलीले पूर्व गृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक थापालाई बौद्धबाट पक्राउ गरेको थियो । उनीहरू विरुद्ध आइतबार म्याद थप गर्ने प्रहरीको तयारी छ ।

ADV

सम्बन्धित खबर