२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

सिरहा बलात्कार घटना : छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

draupadi film
मध्यान्ह
२०८१ फागुन ६ गते १५:५७
सिरहा बलात्कार घटना : छानबिन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

सिरहा : सामूहिक बलात्कार घटनामा मृत भेटिएकी सिरहाकी १७ वर्षीया रिंकुकुमारी सदायको अनुसन्धान गर्न एसएसपीको नेतृत्वमा छानबिन समिति गठन भएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।

समितिले मंगलबार नै घटनाबारे बुझ्ने र अनुसन्धानसमेत थालिसकेको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

‘सदायको घटनाबारे सञ्चारमाध्यममा आएका समाचारप्रति ध्यानाकर्षण भएको छ,’ मधेश प्रदेश प्रहरी कार्यालयले विज्ञप्ति जारी गरी भनेको छ, ‘घटनाको थप अनुसन्धानका लागि एसएसपीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।’

गत ३० माघमा सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुर टोलस्थित बिगुल सदायकी छोरी रिंकु आफ्नै घरमा मृत फेला परेकी थिइन् । रातको समयमा शौच गर्न घर बाहिर निस्कँदा उनी सामुहिक बलात्कारको शिकार भएकी थिइन् । घटनालाई पञ्चायती बसेर ढाकछोप गर्ने प्रयास गरिएको थियो ।
 

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise