२०८२ वैशाख ९ गते मङ्गलवार / Apr 22 , 2025 , Tuesday
२०८२ वैशाख ९ गते मङ्गलवार
Ads

अमेरिकामा ‘स्याडो सपोर्ट फाउन्डेसन’ स्थापना

draupadi film
मध्यान्ह
२०८१ फागुन ६ गते २१:०६
अमेरिकामा ‘स्याडो सपोर्ट फाउन्डेसन’ स्थापना

काठमाडौं : समाजमा सकारात्मक प्रभाव पार्ने र मानिसहरूको दैनिक जीवन तथा व्यवसायलाई मजबुत बनाउने उद्देश्यसहित अमेरिकामा श्याडो सपोर्ट फाउन्डेसन स्थापना गरिएको छ । समाजसेवी मेघ सुवेदीको नेतृत्वमा फाउन्डेसनको स्थापना गरिएको हो । 

संस्थाका संस्थापक अध्यक्ष सुवेदीले विभिन्न कार्यक्रमहरूबारे प्रकाश पार्दै कठिन परिस्थितिमा रहेका व्यक्तिहरूको जीवन सुधार गर्ने योजनाहरू प्रस्तुत गरेका थिए । श्याडो सपोर्ट फाउन्डेसन नितान्त परोपकारी, शैक्षिक, स्वास्थ्य, अनुसन्धान तथा सामाजिक सेवाका उद्देश्यले स्थापित गरिएको उनले बताए । श्याडो सपोर्ट फाउन्डेसनले समुदायहरू र सामाजिक विषयमा वैज्ञानिक अनुसन्धान सिद्धान्तहरू अनुसार अध्ययन गर्नेछ भने अनुसन्धानबाट प्राप्त निष्कर्षहरू फाउन्डेसनको वेबसाइटमा प्रकाशित गरि विद्यार्थीहरू र सर्वसाधारणलाई निःशुल्क पहुँच प्रदान गर्नेछ ।

यस फाउण्डेसनले अमेरिका र अन्य मुलुकमा सामाजिक सेवा, मानवअधिकार, स्वास्थ्य तथा शिक्षा प्रवद्र्धन गर्न विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । संस्थाको मुख्य उद्देश्य समाजका उपेक्षित समुदायका व्यक्तिहरूलाई आशा प्रदान गर्दै उनीहरूको जीवनस्तर सुधार्नु रहेको छ । कार्यक्रममा संस्थाका सदस्यहरू रोबिन विष्ट, डिल्ली चाम्लागाई, राधा तिम्सिना, योगेश नेपाल, पाण्डु नेपाल, चन्द्र खड्का र इरी, ह्यारिसबर्ग, ल्यांकास्टर, स्क्रान्टन लगायतका स्थानका प्रतिनिधिहरूको विशेष उपस्थिति रहेको थियो । 

ADV

सम्बन्धित खबर

Advertise