२०८१ चैत २७ गते बुधवार / Apr 09 , 2025 , Wednesday
२०८१ चैत २७ गते बुधवार
Ads

नवलपरासीमा पहिलो रामग्राम खाना महोत्सव हुने

draupadi film
विनोद निगम
२०८१ फागुन ७ गते १५:१४
नवलपरासीमा पहिलो रामग्राम खाना महोत्सव हुने

नवलपरासी : पश्चिम नवलपरासीमा पहिलो पटक रामग्राम खाना महोत्सव हुने भएको छ । स्थानीय आदिवासी जनजाति महासंघ रामग्राम नगर समितिको आयोजनामा आगामी फागुन १२ र १३ गते दुई दिन रामग्राम खाना महोत्सव हुन लागेको परासीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

पहिलो रामग्राम खाना महोत्सव परासीस्थित घण्टाघर चोकदेखि बाइपास सडकसम्म करिब १ सय खानासम्बन्धी स्टल रहने गरी दुई दिनसम्म खाना महोत्सव हुने कार्यक्रम मूल समारोह व्यवस्थापन समितिका संयोजक अविनाश रेग्मीले बताए ।

खाना महोत्सवमा मौलिकता झल्कने गरी खानाको परिकारका साथै विभिन्न भेषभूषा प्रदर्शनी गर्ने गरी स्टलहरुको व्यवस्थापन गर्ने योजना रहेको संयोजक रेग्मीले जानकारी दिए  । 

महोत्सवको मुख्य लक्ष्य खानाका परिकारमार्फत मौलिकता तथा विविध समुदायको पहिचान झल्काउने मुख्य उद्देश्य रहेको महोत्सव मूल आयोजक समितिका संयोजक अशोक श्रेष्ठले जानकारी दिए  । 

सबै खानासम्बन्धी स्टल नि:शुल्क उपलब्ध गराइने महोत्सवको मुख्य आर्थिक सहयोगीको रुपमा रामग्राम नगरपालिका रहेको छ । 

महोत्सवमा इन्दिरा जोशी, प्रमोद अग्रहरीलगायतका राष्ट्रिय कलाकारहरूको प्रस्तुति रहने पत्रकार सम्मेलनमा अध्यक्ष भवानी शंकर चौधरीले जानकारी दिए । 

करिब १० हजार जनाले खाना महोत्सव आलोकन गर्ने आंकलन रहेको आयोजकले जनाएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise