शुभ नारायण कामती/मध्यान्ह
सिरहा, २५ साउन । सिरहाको गोलबजारबाट अवैध लागूऔषध (ब्राउन सुगर) सहित ६ जना पक्राउ परेको छन् । ईलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा गोलबजार नगरपालिका वडा नं. ६ दोहटिया बस्ने २८ वर्षीय पाण्डव गुप्ताले आफ्नै घरको कोठामा बिक्री वितरणको लागि लुकाई छिपाई राखिएको अवस्थामा अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने सेतो प्लाष्टिकको स–साना पोका ५ थान, कालो प्लाष्टिको पोकामा एक थानसहित तौल गर्दा १ ग्राम ४०० मिलीग्राम, प्लास्टिकबाहेक तौल गर्दा १ ग्राम २०० मिलीग्राम सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
साथै पाण्डव गुप्तासँगै अवैध लागूऔषध ओसार पसार गर्ने अन्य थप पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा गोलबजार नगरपालिका–६ बस्ने २८ वर्षीय पाण्डव गुप्ता, २२ वर्षीय सुरज परियार, २० वर्षीय रोशन लामा, गोलबजार न.पा. ४ बस्ने २० वर्षीय सैफली खान, गोलबजार न.पा. ५ बस्ने १९ वर्षीय विवेक श्रेष्ठ र गोलबजार न.पा. ६ बस्ने १९ वर्षीय शिरिल महरा रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय गोलबजारमा राखी थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
Kamalpokhari, Kathmandu
Phone : 01-5326366, 01-5328298
Mobile : 9841293261, 9841206411
Email : madhyanhadaily59@gmail.com
सूचना विभाग दर्ता नं. : 807/074/075
© 2024 मध्यान्ह सर्वाधिकार सुरक्षित | Managed by Bent Ray Technologies