२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

जनता आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेशनरी तथा झोला वितरण

Nada
२०८१ फागुन ७ गते २०:५८
Shares
जनता आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेशनरी तथा झोला वितरण

सर्लाही : नेपाली कांग्रेस सर्लाही क्षेत्र नम्बर–१ को आयोजना तथा मधेश प्रदेश कार्यसम्पादन समिति सदस्य एवं स्वास्थ्य विभाग प्रमुख शर्मिला थापाको सहयोगमा ईश्वरपुर–१२ पिपलदमारस्थित जनता आधारभूत विद्यालयका विद्यार्थीलाई स्टेशनरी तथा झालो वितरण गरिएको छ ।

ncell

उक्त विद्यालयमा अध्ययनरत १ सय ३० भन्दा बढी विद्यार्थीलाई स्टेशनरी र विद्यालय झोला वितरण गरिएको हो । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा आयोजित उक्त कार्यक्रम नेपाली कांग्रेस क्षेत्र नम्बर–१ का सभापति हरिबहादुर लुङेलीको अध्यक्षतामा सम्पन्न भएको थियो ।  नेपाली कांग्रेस सर्लाहीका पूर्व सभापति लक्ष्मण राय प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मधेश प्रदेश सदस्य शर्मिला थापा, महासमिति सदस्य प्रमोद बराल, योगराज देवकोटा विशिष्ट अतिथि थिए भने महाधिवेशन प्रतिनिधि जुना परियार, पूर्व वडाध्यक्ष नागेन्द्र पाख्रिन, वडाका उपसभापति मिलन के.सी, वडा सचिव चन्द्र कार्की, तरुण दल वडा सभापति उमेश रास्कोटी लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि रायले प्रजातान्त्रिक व्यवस्थाले समाजका सबै वर्गलाई अवसर प्रदान गर्ने उल्लेख गर्दै विद्यार्थीहरूलाई शिक्षाको महत्व बुझ्न आग्रह गरे ।  

विशिष्ट अतिथि शर्मिला थापाले शिक्षाका लागि आवश्यक स्रोत साधन उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनहरूमा पनि यस्ता सहयोगात्मक कार्यहरूलाई निरन्तरता दिने बताइन् । 

कार्यक्रमका सभापति हरिबहादुर लुङेलीले नेपाली कांग्रेसको तर्फबाट विद्यार्थीहरूलाई आवश्यक सामग्री उपलब्ध गराउने कार्यले शिक्षामा सकारात्मक प्रभाव पार्ने बताए । 

विद्यालयका विद्यार्थीहरूले प्राप्त स्टेशनरी र झोलाले आफ्नो पढाइमा थप सहजता ल्याउने प्रतिक्रिया दिएका छन् । उनीहरूले यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको उत्साह बढाउने र शिक्षाप्रति झनै प्रेरित गराउने बताएका थिए ।
 

सम्बन्धित खबर