२०८१ फागुन ९ गते शुक्रवार / Feb 21 , 2025 , Friday
२०८१ फागुन ९ गते शुक्रवार
Ads

सुन र विदेशी मुद्रा बरामद

hardik ivf
शहबाज खान
२०८१ फागुन ७ गते २१:५७
सुन र विदेशी मुद्रा बरामद

कपिलवस्तु : प्रहरीले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट १२५ ग्राम सुन बरामद गरेको छ । 

विमानस्थलको शौचालयमा बेवारिसे अवस्थामा दुईवटा सिक्री भेटिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।  शौचालयमा फेला परेको सुनसँगै रियाज अहमदको नाममा जारी भएको गोल्डेन स्टोन न्यू ज्वेलरीको बिल पनि फेला परेको छ ।  बरामद सुन आवश्यक कारबाहीको लागि गौतम बुद्ध विमानस्थल भन्सार कार्यालय भैरहवामा बुझाइएको छ ।

यसैबीच श्रीएयरमार्फत भैरहवाबाट काठमाडौं जान लागेका भारतीय नागरिक राहुल चतुर्वेदीको साथबाट ९ लाख २४ हजार ७ सय भारतीय रुपैयाँ, १ हजार अमेरिकी डलर र ९६० युएई दिरहम प्रहरीले बरामद गरेको छ । पक्राउ परेका चतुर्वेदीलाई आवश्यक कानूनी कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटवलमा पठाइएको छ ।
 

ADV

सम्बन्धित खबर

Advertise