२०८३ असोज ३ गते शनिवार / Sep 19 , 2026 , Saturday
२०८३ असोज ३ गते शनिवार

संविधानसभा सदस्य सापकोटाको निधन

Nada
२०८१ फागुन ८ गते १०:३२
Shares
संविधानसभा सदस्य सापकोटाको निधन

काभ्रेपलाञ्चोक : संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ । 

ncell

जिल्लाको मण्डनदेउपुर नगरपालिका–७ नौबिसे निवासी ५९ वर्षीय सापकोटाको काठमाडौँको चाबहिलस्थित हेल्पिङ ह्याण्डस् सामुदायिक अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको सोही पार्टीका पोलिटब्युरो सदस्य टोकबहादुर वाइबाले जानकारी दिए । 

उनी लामो समयदेखि उच्च रक्तचाप र मधुमेहबाट पीडित थिए । पोलिटब्युरो सदस्य वाइबाका अनुसार  फोक्सोमा समस्या भएपछि यही फागुन ४ गते उनी उपचारार्थ उक्त अस्पतालमा भर्ना भएका थिए । दिवङ्गत नेता सापकोटाका पत्नी र एक छोरी छन् । 

सम्बन्धित खबर