२०८१ फागुन ९ गते शुक्रवार / Feb 21 , 2025 , Friday
२०८१ फागुन ९ गते शुक्रवार
Ads

प्रकृति लम्सालको अन्तिम संस्कार, हजुरबुवाले दिए मुखाग्नि

hardik ivf
मध्यान्ह
२०८१ फागुन ८ गते १०:४६
प्रकृति लम्सालको अन्तिम संस्कार, हजुरबुवाले दिए मुखाग्नि

रुपन्देही :भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ । 

उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए । उनलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिएका हुन् । उनको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो । 

विसं २०६१  असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार निधन भएको हो । उनको शरीर केआइआइटी छात्रावासमा झुण्डिएको अवस्था भेटिएको थियो ।

ADV

सम्बन्धित खबर

Advertise