२०८२ चैत १२ गते बिहिवार / Mar 26 , 2026 , Thursday
२०८२ चैत १२ गते बिहिवार
Ads

पाल्पाका नागरिकलाई घरआँगनमै सेवा

himalayanlife
२०८१ फागुन ८ गते ११:४९
Shares
पाल्पाका नागरिकलाई घरआँगनमै सेवा

पाल्पा : राज्यका विभिन्न निकायबाट प्रवाह हुने सेवा रामपुर नगरपालिको अगुवाइमा घुम्ती शिविर सञ्चालन गरेर गाउँगाउँमा प्रवाह भएको छ । आफ्नो घरआँगनमै सेवा पाएर सेवाग्राही मक्ख परेका छन् । 

घुम्ती शिविरमार्फत गाउँमै सेवा पाउँदा धेरै सजिलो भएको रामपुर–९ बस्ने स्थानीय राजन सुनार बताउछन् । “सानो कामका लागि धेरै समय बिताउनुपर्ने,  यातायात खर्च, कहिलेकाहीँ सोही दिन काम सम्पन्न नहुँदा अर्को दिन फेरि धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ”, उनले भने ।

हिउँदे अधिवेशनबाट बजेट रकमान्तर भएका योजनाको सम्झौता, बैंक खाता खोल्ने, ज्येष्ठ नागरिक परिचयपत्र, अपाङ्ग परिचयपत्र वितरण, पञ्जीकरण सेवा, व्यवसाय दर्ता तथा नवीकरण, कृषि तथा पशु सेवालगायतका सेवा आँखा, कान, घाँटी तथा दन्त परीक्षणसहित सेवा प्रवाह शिविरमार्फत भएको छ । 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्यदर्शन पण्डितका अनुसार शिविरमा छ सय १० सेवाग्राहीले सेवा लिएका छन् । भविष्यमा पनि यस्ता शिविर सञ्चालन गरिने छ ।

ताजा खबर

सम्बन्धित खबर