२०८१ फागुन ९ गते शुक्रवार / Feb 21 , 2025 , Friday
२०८१ फागुन ९ गते शुक्रवार
Ads

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित

hardik ivf
मध्यान्ह
२०८१ फागुन ८ गते १३:२७
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक स्थगित

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को आजदेखि सुरु हुने भनिएको केन्द्रीय कमिटी बैठक स्थगित भएको छ ।

प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा आज र शुक्रबार बस्ने तयारी गरिएको बैठक पार्टी पोलिटब्यूरो सदस्य तथा बागमती प्रदेश सह-इन्चार्ज एवं संविधानसभा सदस्य विदुर सापकोटाको निधनप्रति शोक प्रकट गर्न स्थगित गरिएको केन्द्रीय प्रचार विभाग उपप्रमुख दामोदर अर्यालले जानकारी दिए । बैठक शुक्रबार र शनिबारलाई सारिएको उनले जानकारी दिए  ।

कलेजोसम्बन्धी रोगले ग्रस्त सापकोटाको उपचारका क्रममा आज बिहान करिब ४ बजे चाबहिलको हेल्पिङह्यान्ड हस्पिटलमा देहावसान भएको हो । सो पार्टीले शोक वक्तव्य जारी गर्दै सापकोटाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेको छ । उनको पार्थिव शरीरलाई पार्टी केन्द्रीय कार्यालयमा श्रद्धाञ्जलीका लागि राखिनेछ । 

केन्द्रीय कमिटी बैठकमा पार्टीको सङ्गठन सुदृढीकरण, वडा तहबाट भएको कार्यको समीक्षा, समसामयिक राजनीतिक विषयवस्तु, संविधान संशोधन, अध्यादेशका विषयवस्तु, भ्रष्टाचार, जनजीविकासँग सम्बन्धित मुद्दामा प्रतिपक्ष दलसँगको सहकार्यबारे छलफल गरिने जनाइएको छ ।

ADV

सम्बन्धित खबर

Advertise