२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त, लिए शपथ

ADV
मध्यान्ह
२०८१ असार १६ गते ११:४५
फणीन्द्र देवकोटा पुनः मन्त्री नियुक्त, लिए शपथ

पोखरा : सर्वोच्च अदालतको आदेशले सांसदमा प्रवेश पाएका नेपाल समाजवादी पार्टीका नेता फणीन्द्र देवकोटा पुनः मन्त्रीमा नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीमा नियुक्त गरेका हुन् ।

देवकोटालाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनीयताको शपथ गराएका छन् । जेठ २८ गते फ्लोर क्रस गरेर मुख्यमन्त्री पाण्डेलाई मत दिएपछि २९ गते मन्त्री बनेका थिए । तर माओवादीले जेठ ३२ गते उनलाई कारबाही गरेपछि पद गुमाएका थिए  ।

माओवादीलेले गरेको कारबाहीबिरुद्द सर्वोच्च अदालत  पगेका उनलाई कामकाज गर्न दिनु भन्ने आदेश आएपछि उनले संसदमा प्रवेश पाएका थिए । उनी शनिबार संसदमा प्रवेश गरेपछि आज मन्त्री नियुक्त भएका हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise