२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

सुदूरपश्चिममा मन्त्रालय फुटाएर बिनाविभागीय मन्त्रीहरुलाई दिइयो जिम्मेवारी

ADV
मध्यान्ह
२०८१ असार १६ गते १२:३०
सुदूरपश्चिममा मन्त्रालय फुटाएर बिनाविभागीय मन्त्रीहरुलाई दिइयो जिम्मेवारी

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले मन्त्रालय फुटाएर बिनाविभागीय मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन् ।

आइतबार मुख्यमन्त्री सोडारीले प्रदेशका चार मन्त्रालय फुटाएर बिनाविभागीय पाँच जना मन्त्रीलाई मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।

प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, सामाजिक विकास मन्त्रालय, भूमि व्यवस्था कृषि तथा सहकारी र भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाइएर अरु चार वटा मन्त्रालय बनाइएको छ ।

भौतिक पूर्वाधारलाई फुटाएर जलस्रोत तथा शहरी विकास मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रालय बनाइएको छ भने सामाजिक विकास मन्त्रालय फुटाएर शिक्षा युवा तथा खेलकुद र स्वास्थ महिला तथा बालबालिका मन्त्रालय बनाइएको छ ।

यस्तै, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र भूमि व्यवस्था कृषि तथा सहकारी विकास मन्त्रालयका महाशाखा एकअर्कामा गाभ्दै नयाँ मन्त्रालय बनाइएको छ । जसमा वन वातावरण तथा सहकारी मन्त्रालय, कृषि तथा भूमि सुधार मन्त्रालय, उद्योग वाणिज्य पर्यटन तथा संस्कृति मन्त्रालय बनाइएको छ ।

नेकपा माओवादी केन्द्रका अक्कल रावललाई जनस्रोत तथा सहरी मन्त्रीको जिम्मेवारी दिइएको छ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का कैलाश चौधरीलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादीका ओमविक्रम भाट सरललाई स्वास्थ्य महिला तथा बालबालिका र माओवादीकै लक्ष्मी विकलाई शिक्षा, युवा तथा खेलकुद मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

नेकपा एमालेका वीरबहादुर थापा पातललाई वन तथा सहकारी र नेकपा (एकीकृत समाजवादी) का माया पन्तलाई उद्योग, वाणिज्य, पर्यटन र संस्कृति मन्त्री बनाइएको छ । एमालेकै हीरा सार्कीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise