२०८१ मंसिर १० गते सोमवार / Nov 25 , 2024 , Monday
२०८१ मंसिर १० गते सोमवार

लुम्बिनी प्रदेश सरकार विस्तार, कृष्णा केसी बनिन् ऊर्जामन्त्री

ADV
मध्यान्ह
२०८१ जेठ २१ गते १९:०७
लुम्बिनी प्रदेश सरकार विस्तार, कृष्णा केसी बनिन् ऊर्जामन्त्री

बुटवल : लुम्बिनी प्रदेश सरकार विस्तार भएको छ । लुम्बिनी प्रदेश सरकारमा १२औं मन्त्रीका रूपमा कृष्णा केसी थपिएकी हुन् ।

यसअघि १० वटा मन्त्रालय रहेकामा भागबण्डा मिलाउन सरकारले मन्त्रालय संख्या १२ पुर्‍याएको थियाे ।

सोमबार मुख्यमन्त्री जोखबहादुर महराले केसीलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् ।

केसी नेकपा माओवादी केन्द्रबाट बाँके निर्वाचन क्षेत्र नं १ को (१) बाट निर्वाचित भएकी हुन् ।

नवनियुक्त मन्त्री केसीले आजै प्रदेश प्रमुखसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन् ।

ADVADV

सम्बन्धित खबर

Advertise