२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

महाधिवेशनअघि एकीकृत समाजवादीको शक्ति प्रदर्शन

ADV
मध्यान्ह
२०८१ असार १६ गते १४:०५
महाधिवेशनअघि एकीकृत समाजवादीको शक्ति प्रदर्शन

काठमाडौँ : एकीकृत समाजवादीले १०औ महाधिवेशनको उद्‌घाटनअघि शक्ति प्रदर्शन गरेको छ । काठमाडौँको भृकुटीमण्डपबाट महाधिवेशन स्थल प्रज्ञा प्रतिष्ठानसम्म एकीकृत समाजवादीले र्‍यालीसहित शक्ति प्रदर्शन गरेको हो । 

एकीकृत समाजवादीका नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, घनश्याम भुसाल, राजेन्द्र पाण्डे, वेदुराम भुसाललगायतका नेता तथा कार्यकर्ता र्‍यालीमा सहभागी छन् ।

समाजवादीको महाधिवेशन आजदेखि काठमाडौँको प्रज्ञा भवन कमलादीमा शुरु हुँदै छ । महाधिवेशनले नयाँ नेतृत्वसँगै वैचारिक दृष्टिकोणका साथै नीति तथा कार्यक्रम पारित गर्ने छ । नेताहरूले सकेसम्म सहमतिमा नभए लोकतान्त्रिक प्रक्रियाबाट नेतृत्व चयन गर्ने बताएका छन् । हालका अध्यक्ष माधव कुमार नेपाल र झलनाथ खनाल पक्षका घनश्याम भूसाल नयाँ नेतृत्वका दाबेदार हुन् ।

ADVADV

सम्बन्धित खबर

Advertise