२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

देउवाले बोलाए पदाधिकारी बैठक

ADV
मध्यान्ह
२०८१ असार १६ गते १५:०४
देउवाले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन् । सभापति देउवाले सोमबार दिउँसो ३ बजे दाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।

बैठकमा १५ असारबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेका विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुने कांग्रेस मुख्‍यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । पार्टीले  दिएको १५ असारसम्मको अवधिभित्र मुस्लिम संघ र लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले मात्रै अधिवेशन गरेको छ ।

सभापति देउवाले शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भएको भेटवार्ताका सन्दर्भमा छलफल हुने कांग्रेसका एक पदाधिकारीले बताए । बैठकमा आगामी केन्द्रीय समिति बैठकका सन्दर्भमा पनि छलफल हुने बुझिएको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise