२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

ADV
मध्यान्ह
२०८१ असार १६ गते १५:२१
प्रधानमन्त्री प्रचण्ड, एमाले अध्यक्ष ओली र गृहमन्त्री लामिछानेबीच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

आइतबार सत्तारुढ तीन दलका नेताहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भेटवार्ता भएको हो । 

भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।

प्रधानमन्त्री दाहालसँग भेट गरेपछि अध्यक्ष ओलीले भेटवार्ता भइरहने बताए । प्रधानमन्त्री र अध्यक्ष ओलीको भेटका क्रममा जोडिएका गृहमन्त्री लामिछानेले पनि नियमित प्रक्रिया भएको प्रतिक्रिया दिए ।

ADVADV

सम्बन्धित खबर

Advertise