२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

सशस्त्र प्रहरीको हत्या अभियोगमा पूर्वप्रदेश सांसद यादव पक्राउ

ADV
मध्यान्ह
२०८१ असार १६ गते १५:३०
सशस्त्र प्रहरीको हत्या अभियोगमा पूर्वप्रदेश सांसद यादव पक्राउ

काठमाडौँ । सशस्त्र प्रहरी बलका असई थमन विक हत्या अभियोगमा पूर्वप्रदेश सांसद कौशलकुमार यादव पक्राउ परेका छन् ।  जन्मकैदको सजाय सुनाइएका यादवलाई शनिबार राति महोत्तरीको साम्सी गाउँपालिका ५ पोखरीभण्डाबाट पक्राउ गरेको महोत्तरी प्रहरीले जनाएको छ । 

उनलाई आजै जिल्ला अदालत महोत्तरीमा हाजिर गरिएको छ । लोसपाका नेतासमेत रहेका उनी लामो समयदेखि फरार थिए ।  अदालतमा मुद्दा चलिरहँदा उनी फरार नै थिए ।

महोत्तरी जिल्ला अदालतले २८ मंसिरमा असई थमन विक हत्या प्रकरणमा लोसपा मधेश प्रदेश संसदीय दलका नेता अभिराम शर्मासहित सात जनालाई जन्मकैदको सजाय सुनाएको थियो ।

२०७२ भदौ २५ मा महोत्तरीमा भएको मधेश आन्दोलनका क्रममा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या भएको थियो । 

ADVADV

सम्बन्धित खबर

Advertise