२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

सरकार स्वार्थ समूहको हितमा काम गरिरहरको छ : शक्ति बस्नेत

hardik ivf
मध्यान्ह
२०८१ फागुन १८ गते १६:५४
सरकार स्वार्थ समूहको हितमा काम गरिरहरको छ : शक्ति बस्नेत

काठमाडौंः नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्तिबहादुर बस्नेतले वर्तमान सरकार देश र जनताको आवश्यकतालाई छोडेर सीमित स्वार्थ समूहको हितमा काम गरिरहरको बताएका छन् ।

प्रेस सेन्टर नेपाल एशोसिएट प्रदेशको दोस्रो अधिवेशनको उद्घाटन गर्दै बस्नेतले एउटा राष्ट्रसेवक कर्मचारीविरुद्ध सरकारले सार्वजनिक मञ्चबाटै विरोधमा उत्रिनु र पटकपटक स्पष्टिरकण सोध्नु शोभनिय कार्य नभएको बताए ।

‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैं सरकार देश र जनताको आवश्यकतालाई लत्याउँदै सिमित स्वार्थ समूहको हितमा काम गरिरहेको छ’, बस्नेतले भने । उनले सरकारले आफ्नो असक्षमतालाई लुकाउन कुलमान घिसिङलाई पटकपटक स्पष्टिकरण सोध्ने गरेको बताए । सरकारले दुई तिहाइको बहादुरिता एउटा राष्ट्रसेवक कर्मचारीमाथि नदेखाउन समेत सुझाव दिए ।

नेपाली काँग्रेस र नेकपा एमालेले संविधानको प्रगतिशिल चरित्रलाई परास्त गर्न संविधान संशोधनको कुरा अगाडि ल्याएको बताए । व्यवस्था बदलिएको र अब जनताको अवस्था बदल्न लाग्नुपर्नेमा सरकार परिवर्तका एजेण्डालाई सिमित गर्न लागि परेको बताए । पूर्वगृहमन्त्री समेत रहेका बस्नेतले माओवादीको अगुवाईमा अहिलेको परिवर्तन आएको तर त्यसको नेतृत्व अरुले गरेका कारण अहिलेको समस्या देखा परेको बताए । बस्नेतले भने, ‘अहिलेको परिवर्तन माओवादीको पहल र एजेण्डाका कारण सम्भव भएको हो तर नेतृत्व अरुले गरेका कारण त्यसको मुल मर्मअनुसार काम हुन सकेको छैन ।’

सरकार आफैले ल्याएको अध्यादेशका कारण गम्भीर नैतिक संकटमा फसेको बस्नेतले बताए । संसद नचलेको वा चल्न नसक्ने अवस्थामा अध्यादेश ल्याउन पाउन सरकारको कानुनी अधिकार भएपनि रातारात अध्यादेश ल्याइएको बताए । अर्को प्रसंगमा बोल्दै बस्नेतले आफ्नो पार्टीले झापाबाट कञ्चनपुरसम्म हुलाकी राजमार्गमा अभियान जारी राखेको बताए । उनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वका सरकारले सुरु गरेको सुशासनको अभियानलाई रोक्न वर्तमान सरकारले लागेको खबरदारी गर्न अभियान सुरु गरिएको बताए । अभियानमा जनताको व्यापक सहभागिता रहेको बताए ।  
 

ADV

सम्बन्धित खबर

Advertise