२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

बेचन झालाई ७ दिन हिरासतमा राख्न अनुमति 

ADV
मध्यान्ह
२०८१ असार १६ गते १७:३४
बेचन झालाई ७ दिन हिरासतमा राख्न अनुमति 

काठमाडौँ : नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई ७ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

शुक्रबार राति पक्राउ परेका झालाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको हो । 

शुक्रबार पक्राउ परेका झालाई आइतबार म्याद थपका लागि काठमाडौं जिल्ला अदालत पेश गरिएको थियो । प्रहरीको विशेष ब्यूरोको टोलीले बेचनलाई भारतबाट समातेर शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएको हो । 

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान शुरु भएदेखि नै फरार रहेका झाको संलग्नता भने अन्तिममा मात्र खुलेको थियो ।  उनले भुटानी शरणार्थी प्रकरणका आरोपी मध्येबाट २ करोडको चेक लिएपछि प्रहरीको निसाना उनीतिर गएको देखिन्छ । 

ADVADV

सम्बन्धित खबर

Advertise