२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

रास्वपा महामन्त्रीले स्पष्टीकरणको जवाफ केन्द्रीय समिति बैठकमा दिने

ADV
मध्यान्ह
२०८१ असार १६ गते १७:५७
रास्वपा महामन्त्रीले स्पष्टीकरणको जवाफ केन्द्रीय समिति बैठकमा  दिने

काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री डा. मुकुल ढकालले स्पष्टीकरणको जवाफ केन्द्रीय समिति बैठकमा दिने भएका छन् । आफ्नो समीक्षा प्रतिवेदन पार्टीमा बुझाउनुभन्दा अगाडि सञ्चारमाध्यममा लिक गरेको आरोपमा उनलाई स्पष्टीकरण सोधिएको थियो  ।

शुक्रबार रास्वपाको अनुशासन आयोगले उनलाई ७ दिनभित्र जवाफ दिन भन्दै स्पष्टीकरण पठाएको थियो । सभापति रवि लामिछानेकै निर्देशनमा आयोगले स्पष्टीकरण सोधेको बुझिएको छ । 

महामन्त्री डा. ढकालले स्पष्टीकरण पत्र पढेर बुधबार बस्ने केन्द्रीय समिति बैठकमा आफ्नो कुरा राख्ने बताए । रास्वपाले महामन्त्रीको प्रतिवेदनमाथि छलफल गर्न भनेर बुधबार केन्द्रीय समितिको बैठक बोलाएको छ ।

ADVADV

सम्बन्धित खबर

Advertise