२०८१ फागुन २० गते मङ्गलवार / Mar 04 , 2025 , Tuesday
२०८१ फागुन २० गते मङ्गलवार
Ads

जसपाको निष्कर्ष–सरकार असफल, भूमि अध्यादेश फिर्ता लिन माग

hardik ivf
मध्यान्ह
२०८१ फागुन २० गते १९:१३
जसपाको निष्कर्ष–सरकार असफल, भूमि अध्यादेश फिर्ता लिन माग

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालले वर्तमान सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको छ ।

३ दिनसम्म ललितपुरमा बसेको केन्द्रीय समिति बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको हो ।

बैठकले भ्रष्टाचारको अन्त्य, सुशासन कायम, विकास र संविधान संशोधनका लागि वर्तमान सरकार असक्षम रहेको निष्कर्ष निकालेको छ ।

प्रवक्ता मनिष सुमनले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारेमा कुनै निर्णय नभएको बताए । अहिले पनि सरकारलाई समर्थन कायमै रहेको जानकारी उनले दिए ।

सरकारले जारी गरेका ६ अध्यादेशको प्रक्रियाप्रति बैठकले असहमति जनाएको छ । बैठकले भूमिसम्बन्धी अध्यादेश फिर्ता लिन सरकारसँग माग गर्ने निर्णय गरेको पनि प्रवक्त सुमनले बताए । तर अन्य ५ वटा अध्यादेशलाई समर्थन जनाउने निर्णय बैठकले गरेको छ ।

बैठकले सबै स्थानीय तह र भातृ संस्थाको अधिवेशन वैशाख मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ ।

सबै अधिवेशन सम्पन्न भइसकेपछि हुलाकी राजमार्ग, मध्यपहाडी लोकमार्ग र हिमाली राजमार्गमा सय दिने जनतासँग भेटघाट अभियान चलाउने निर्णय बैठकले गरेको छ ।

ADV

सम्बन्धित खबर

Advertise