२०८१ असोज ३ गते बिहिवार / Sep 19 , 2024 , Thursday
२०८१ असोज ३ गते बिहिवार

कर्णाली प्रदेश सभामा कांग्रेसले अर्थमन्त्रीमाथि देखायो दम्भ

ADV
कुलेन्द्र शाही
२०८१ असार १६ गते २२:१३
कर्णाली प्रदेश सभामा कांग्रेसले अर्थमन्त्रीमाथि देखायो दम्भ

सुर्खेत : कर्णाली प्रदेश सभा नेपाली कांग्रेसले निरन्तर असार ६ गतेदखि संसद अवरुद्ध गर्दै आाएको छ । बजेटको विषयलाई लिएर कर्णालीमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले लगातार प्रदेश सभा अवरुद्ध गरिरहेको हो । असार ६ गते बैठक सञ्चालन नहुँदै कांग्रेस प्रदेश सभाबाट बाहिरिएयता प्रदेश सभा चल्न सकेको थिएन । असार १२ गतेदेखि सूचना टाँस गरेर बैठक सर्दै आइतबार दिउँसो ३ बजेका लागि बैठक बोलाइएको थियो । 

तर सरकार र प्रतिपक्षबीच सहमति नहुँदै ७ बजेमात्रै बैठक शुरु भयो । बैठक शुरु भएलगतै आकस्मिक समयमा कांग्रेस संसद बेदराज सिंहले केही कुराहरु राखे । उनले बोलेपछि सभामुख नन्दा गुरुङले प्रतिपक्षको अवरोधका बीच अर्थमन्त्री महेन्द्र केसीलाई जवाफ दिन रोष्ट्रममा बोलाइन् । त्यसबीचमा कांग्रेसले अर्थमन्त्री केसीलाई रोक्नलाई बेल घेराउ गर्‍यो । बेल घेराउ मात्र नभइ त्यहाँ निकै धकेलाधकेल भयो । त्यही क्रममा नेपाली कांग्रेसले केसीमाथि ‘अमर्यादित’ व्यवहार गरेको छ । 

बैठकमा कांग्रेस सांसदहरूले मन्त्री केसीलाई रोष्ट्रममा जानबाट रोक्न उनलाई समातेर तानेको भिडियोमा प्रष्ट देखिएको छ । भिडियोमा देखिएअनुसार केहीबेर मन्त्री केसी र कांग्रेस सांसदबीच तानातान भएको थियो । कांग्रेस सांसदले मन्त्री केसीलाई समातेपछि छुट्याउन गएका सत्ता पक्ष र प्रतिपक्षका सांसदहरूबीच धकेलाधकेल भएको थियो ।

केहीबेर चलेको घम्साघम्सीपछि रोष्ट्रममा पुगेका मन्त्री केसीले बजेटमाथि उठेका प्रश्नको जवाफ यसअघि नै दिइसकेको बताएर बिदा भए । मन्त्री केसीको जवाफलगत्तै सभामुख नन्दा गुरुङले अर्को बैठक असार १७ मा बस्ने भन्दै आइतबारको बैठक अन्त्य गरिन् । 

सिँगो कर्णालीको सुझावलाई उठाएका छौं : कांग्रेस 

नेपाली काँग्रेसले भने आफुहरुले अर्मयादित व्यवहार नभइ जनताको विषय उठान गरेको दाबी गरेको छ । नेपाल कांग्रेसका सांसद घनश्याम भण्डारीले आफूहरुमाथि उल्टो हात हालेको आरोप लगाए । ‘हामीले अर्मयादित व्यवहार गरेका होइनौं,’ उनले मध्यान्हसँग भने, अर्थमन्त्रीलाई रोष्ट्रममा जानबाट रोक्नलाई बेल घेराउ गर्ने क्रममा केही धकेलाधेकल भएको हो । त्यही क्रममा हामीमाथि हात हालाहाल पनि भएको थियो ।’ 

उनले सरकारले प्रतिपक्षका माग सम्बोधन नगरेर जबरजस्ती अघि बढ्न खोजेको आरोप लगाए । बजेटमाथि उठेका विषयहरूको समाधान नहुँदै जबरजस्ती तरिकाले सदन चलाएको उनको भनाइ छ । ‘हामीले राखेका माग सम्बोधन नभई सरकारको बहुमत छ भन्दै अगाडि बढेको छ,’ उनले भने ‘हामीले काँग्रेसको माग होइन सिँगो कर्णालीको सुझावलाई उठाएर संसद अवरुद्ध गरिरहेका छौं ।’ 

विषय बाहिर गएर संसदलाई बन्धक बनायो : एमाले 

एमाले प्रमुख सचेतक टेकराज पछाईले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले विषय बाहिर गएर संसद अवरुद्ध गरिरहेको बताए । मध्यान्ह दैनिकसँग कुरा गर्दै उनले बजेटेको विषय नभई बाहिरको विषयलाई लिएर अर्थमन्त्रीमन्त्रीमाथि अमर्यादित व्यवहार देखाएको बताए । ‘हामीले उहाँहरुले राखेका माग सम्बोधन गर्छाैं, छलफल गर्छाैं भन्दाभन्दै पनि बजेटको विषयमा केही कमिकमजोरी नदेखेपछि बाहिरको विषयलाई लिएर संसदलाई बन्धक बनाएको छ ।’ उनले भने, हुँदा हुँदा आज त अर्थमन्त्रीमाथि अमर्यादित व्यवहार देखायो ।’ 

उनले आफूहरुले ल्याएको बजेटमा केही कमीकमजोरी भए छलफलबाट जानुपर्नेमा कांग्रेसले विषयबाहिर गएर संसद अवरुद्ध गरेको बताए । प्रमुख सचेतक पछाईले आफूहरुले जनताभन्दा बाहिरका कुनै पनि योजनाहरु नल्याएको दाबी गरे । यद्यपि कांग्रेसले भने सरकारले चित्त बुझ्दो बजेट नल्याएको निरन्तर बताउँदै आएको छ । सरकार र प्रतिपक्षको आ–आफ्नै अडान रहेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise