२०८२ फागुन २६ गते मङ्गलवार / Mar 10 , 2026 , Tuesday
२०८२ फागुन २६ गते मङ्गलवार
Ads

राजस्व छली गरी चाँदीको कारोबारमा संलग्न ५ जना पक्राउ

shivam cement
२०८१ फागुन २२ गते १३:३७
Shares
राजस्व छली गरी चाँदीको कारोबारमा संलग्न ५ जना पक्राउ

काठमाडौंः राजस्व छली चोरी पैठारी गरी चाँदीको कारोबारमा संलग्न रहेको अभियोगमा ५ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने बारा कलैया उपमहानगरपालिका-८ घर भएका ३४ वर्षीय सन्तोष कुमार साह, ३५ वर्षीय प्रेम कुमार कुशवाहा, २६ वर्षीय गणेश साह, पर्सा वीरगंज महानगरपालिका-१६ नगुवा घर भएका ३२ वर्षीय दिनानाथ कुमार साह र बारा जीतपुरसिमरा उपमहानगरपालिका-१६ घर भएका २१ वर्षीया बिपना सार्की रहेका छन् । 

काठमाडौं महानगरपालिका-३२ नरेफाँट क्षेत्रमा उनीहरूले राजस्व छली चोरी पैठारी गरी चाँदीको कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई चोरी पैठारी गरी ल्याएको २० किलोग्राम चाँदी सहित पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको छ ।

सम्बन्धित खबर