२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

आजबाट एकीकृत समाजवादीको बन्दसत्र

ADV
मध्यान्ह
२०८१ असार १७ गते १०:३७
आजबाट एकीकृत समाजवादीको बन्दसत्र

काठमाडौँ : नेकपा एकीकृत समाजवादीको १०औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजबाट बन्दसत्र शुरु हुँदैछ । बन्दसत्रलगत्तै अध्यक्ष मण्डल गठन हुने एकीकृत समाजवादीले जानकारी दिएको छ । 

बन्द सत्रमा अध्यक्षको राजनीति प्रतिवेदन, महासचिवको सांगठनिक प्रतिवेदन, नेपाली विशेषताको समाजवाद, विधान संशोधन प्रस्ताव पेश गरिनेछ । ती प्रतिवेदनमाथि छलफल गरेर पारित गरेपछि नेतृत्व चयनको प्रक्रिया शुरु हुने एकीकृत समाजवादीले जनाएको छ ।

एकीकृत समाजवादीको केन्द्रीय पदाधिकारी २१ सदस्यीय बनाउने सहमति भएको छ । यसअघि नै सचिवालय बैठकले २१ सदस्यीय पदाधिकारी र दुई सय ९९ सदस्यीय केन्द्रीय सदस्य रहने व्यवस्था गर्ने निर्णय गरेको थियो । 

पार्टी प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन हलबाट अनुमोदन हुने गरी केन्द्रीय समिति दुई सय ९९ सदस्यीय बनाउने निर्णय भएको छ । साथै पार्टीमा अहिले रहेको सम्मानित नेताको पद पनि कायमै राख्ने सहमति भएको उनले बताए ।

महाधिवेशनमा एक हजार आठसय ४९ प्रतिनिधि सहभागी छन् । पारित हुने सिद्धान्त, नीति तथा वैचारिक दृष्टिकोणका आधारमा दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारी चयन गर्नेछ । एकीकृत समाजवादीको दसौं महाधिवेशन असार २० गतेसम्म चल्नेछ ।

ADVADV

सम्बन्धित खबर

Advertise