२०८१ चैत २९ गते शुक्रवार / Apr 11 , 2025 , Friday
२०८१ चैत २९ गते शुक्रवार
Ads

कांग्रेस पदाधिकारी बैठक आज

draupadi film
मध्यान्ह
२०८१ असार १७ गते ११:४०
कांग्रेस पदाधिकारी बैठक आज

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको पदाधिकारी एवं पूर्वपदाधिकारीको बैठक आज बस्ने भएको छ । मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीभित्रको आन्तरिक छलफलका लागि आज दिउँसो ३ बजे पदाधिकारी एवं पूर्व पदाधिकारी बैठक सभापति देउवा निवास बूढानीलकण्ठमा बस्नेछ ।

कांग्रेसका सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्माले बैठकमा मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, नेविसंघलगायत भ्रातृ संस्थाका म्याद सकिएको विषय, पार्टीको गतिविधिलगायत समसामयिक विषयमा छलफल हुने जानकारी दिए ।
      
बैठकमा असार १५ गतेबाट समयावधि सकिएका भातृ संस्था, गठन हुन नसकेको विभाग, केन्द्रीय समिति बैठकको मिति र समसामयिक विषयमा छलफल हुनेसमेत प्रचार विभागका प्रमुख विश्वकर्माले बताए ।

ADV

सम्बन्धित खबर

Advertise