२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

लोकतान्त्रिक-कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने चाहना छ : अध्यक्ष नेपाल

ADV
मध्यान्ह
२०८१ असार १७ गते १६:४०
लोकतान्त्रिक-कम्युनिष्ट शक्तिलाई एकताबद्ध गर्ने चाहना छ : अध्यक्ष नेपाल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकका लोकतान्त्रिक तथा कम्युनिष्ट शक्तिलाई एकताबद्ध बनाएर अघि बढ्ने अगुवा शक्तिका रूपमा आफ्नो पार्टीले भूमिका निर्वाह गर्न चाहेको बताएका छन् । 

पार्टीको दसौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज आयोजित बन्दसत्रमा अध्यक्षमण्डल घोषणा र पुराना कम्युनिष्ट नेताहरूलाई सम्मान गर्दै उनले आफ्नो पार्टीप्रति मुलुकले धेरै अपेक्षा गरेको बताए । 

बर्षायाममा आयोजित यो महाधिवेशन एक चाड र विशेष परिघटनाका रूपमा रहेको जनाउँदै अध्यक्ष नेपालले एकताबद्ध भएर महाधिवेशन सफल बनाउनुपर्नेमा जोड दिए । 

ADVADV

सम्बन्धित खबर

Advertise