२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीको ब्रिफिङ- 'यो गठबन्धन लामै समय जान्छ'

ADV
मध्यान्ह
२०८१ असार १७ गते १९:०६
मन्त्रिपरिषद्‌मा प्रधानमन्त्रीको ब्रिफिङ- 'यो गठबन्धन लामै समय जान्छ'

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे मन्त्रिपरिषद् बैठकमा ब्रिफिङ गरेका छन् ।

सोमबार मन्त्रिपरिषद् बैठकमा उनले पछिल्लो समसामयिक राजनीतिक परिस्थितिबारे ब्रिफिङ गर्दै गठबन्धनभित्र असमझदारी बढेको भनेर सार्वजनिक भएका समाचारमा सत्यता नभएको बताए ।

प्रधानमन्त्रीले अहिलेको सहकार्य लामै समय जाने बिफ्रिङ गरेको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

उनले भनिन्, 'बाहिर असमझदारी बढ्यो भनेर आएका कुरा असत्य हुन्, यो गठबन्धन लामै समय जाने जानकारी गराउनुभएको छ ।'

त्यस्तै उनले अहिले राष्ट्रिय सहमतिको सरकार बनाउने विषयमा पनि कुनै छलफल नभएको जिकिर गरिन् ।

ADVADV

सम्बन्धित खबर

Advertise