२०८२ वैशाख ३ गते बुधवार / Apr 16 , 2025 , Wednesday
२०८२ वैशाख ३ गते बुधवार
Ads

लागुऔषधसहित एक जना पक्राउ

draupadi film
मनु यादव निरज
२०८१ असार १७ गते १९:३६
लागुऔषधसहित एक जना पक्राउ

सिरहा : प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । सिरहा सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. ५ महेशवारी चोकस्थित इलाका प्रहरी कार्यालय महेशवारी सिरहाबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका भगवानपुर गाउँपालिका वडा नं. ३ गमहरिया बस्ने वर्ष २९ का सुरेश मुखियालाई पक्राउ गरेको हो । 

उनीमाथि चेकजाँच गर्दा प्लाष्टिकको झोलाभित्र राखिएको नाइट्रोभेट ट्याबलेट ६०० पिस, डाइजोपाम ८१ ऐम्पुल, फेनारगन ८४ ऐम्पुल, नोफिन ८० ऐम्पुल, मोफिल नाम गरेको स्टिकर ३ पत्ता ६१ थान बरामद गरिएको छ । 

पक्राउ परेका मुखियामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise