२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

ADV
मध्यान्ह
२०८१ असार १८ गते १०:०४
प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

काठमाडौँ : प्रधामन्त्री पुष्प कमल दाहाल प्रचण्ड तत्काल राजिनामा दिने मुडमा नभएको जानकारी पाइएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच नयाँ सत्ता समीकरण बनेसँगै अल्पमतमा परेका उनले राजनीतिक परामर्शबाट हल निकाल्ने अन्तिम प्रयास गर्दैछन् । 

प्रधानमन्त्री प्रचण्ड राजीनामा दिने कि संसदमा विश्वासको मत लिने भन्ने बिषयमा छलफलमै छन् । उनले माओवादी केन्द्रका पदाधिकारीहरुको बैठकमा छलफल गरेपछि मात्र निर्णय लिने बताइएको छ। 

सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्डलाई अन्तिम समयसम्म साथ दिने निर्णय गरेको छ । एमालेका मन्त्रीहरुले प्रचण्ड सरकारबाट राजीनामा दिने तयारी गरेपनि रास्वापा भने प्रचण्डले राजीनामा नदिएसम्म  आफुले सरकार नछोड्ने अडानमा छ । 

ADVADV

सम्बन्धित खबर

Advertise