२०८१ असोज ४ गते शुक्रवार / Sep 20 , 2024 , Friday
२०८१ असोज ४ गते शुक्रवार

राप्रपा पदाधिकारी बैठक बस्दै

ADV
मध्यान्ह
२०८१ असार १८ गते १०:५५
राप्रपा पदाधिकारी बैठक बस्दै

काठमाडौँ । राप्रपाले पदाधिकारी बैठक बोलाएको छ । परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न बैठक बोलाइएको हो ।

बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने राप्राले बताएको छ । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता सहकार्यबारे सहमति जुटेसँगै प्रचण्ड नेतृत्वको सरकार ढल्ने परिस्थिति निर्माण भएको छ । 

नयाँ सत्ता समीकरणबारे राप्राले बैठकमा छलफल गर्ने बुझिएको छ । नेकपा एमाले,नेपाली कांग्रेसको नयाँ समीकरणलाई जसपा नेपालले साथ दिने बताइसकेको छ । रास्वापाले अन्तिमसम्म प्रचण्डको साथमा नछोड्ने निर्णय गरेको छ । 

ADVADV

सम्बन्धित खबर

Advertise