२०८२ चैत ३ गते मङ्गलवार / Mar 17 , 2026 , Tuesday
२०८२ चैत ३ गते मङ्गलवार
Ads

ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शंकर पोखरेल

shivam cement
२०८१ असार १८ गते ११:५२
Shares
ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार : शंकर पोखरेल

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले राजनीतिक स्थायित्वका लागि संविधान संशोधनलगायत कार्यसूचीमा सहकार्य गर्न एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नेपाली कांग्रेससँग समझदारी भएको बताएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा संविधान संशोधन र कानुन निर्माण गर्नेगरी अध्यक्ष ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठन गर्न नेकपा (एमाले) र नेपाली कांग्रेसबीच समझदारी भएको उल्लेख गरेका हुन् । 

उनले नेकपा (एमाले) र नेपाली कांग्रेसको समर्थन गर्ने दलहरुलाई राष्ट्रिय सरकारमा समावेश गरिने पनि उल्लेख  गरेका छन् । एमाले र कांग्रेसबीच यस सम्बन्धमा सहमति भएको हो ।

ताजा खबर

सम्बन्धित खबर